LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

काठमाडौंमा चकित पार्ने घटना: विष्णुमति किनारमा ४ पेस्तोल र ५८ राउण्ड गोली बरामद 

काठमाडौँ वैशाख ५ : काठमाडौं महानगर क्षेत्रभित्र बग्ने विष्णुमति खोला किनारबाट ४ थान पेस्तोल र ५८ राउण्ड गोली फेला परेपछि क्षेत्रभर चासो बढेको छ।

स्थानीय बासिन्दाले खोला किनारमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले ती हतियारहरू बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बरामद भएका हतियार कसले, कहिले र किन त्यहाँ फालेको भन्नेबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा यो घटना अवैध गतिविधिसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।

घटनापछि आसपास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर