LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

बिचौलिया’ आरोपमा पक्राउको विरोध: पर्साभर लेखापढी व्यवसायीहरूको अनिश्चितकालीन हड्ताल

जनकपुरधाम  चैत्र २३ :सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोधमा पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्।

 

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले सम्पूर्ण कामकाज ठप्प पारेका हुन  ।

एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले पछिल्लो समय बिचौलिया आरोपमा भइरहेका पक्राउ र कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरिएको बताए। विशेषगरी पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ परेपछि व्यवसायीहरू थप आक्रोशित बनेका छन्।

 

उनीहरूले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका भू-सेवा केन्द्र र लेखापढी व्यवसायीमाथि अन्यायपूर्ण रूपमा कारबाही गरिएको आरोप लगाएका छन्। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गर्दै सरकार र प्रहरी प्रशासनको कदमप्रति कडा आपत्ति जनाइएको छ।

 

एसोसिएसनका अनुसार पर्सा जिल्लामा १ सय २१ वटा भू-सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय छन्। हड्तालका कारण सेवाग्राही तथा सरकारी कार्यालयको कामकाजसमेत प्रभावित बनेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर