LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

इन्स्पेक्टर ४० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ

धनुषा चैत्र २० — धनुषाको लालगढबाट सशस्त्र प्रहरी बल (APF) का एक इन्स्पेक्टर ४० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

प्राप्त जानकारी अनुसार, ठेक्कासम्बन्धी काम मिलाइदिने नाममा इन्स्पेक्टरले सेवाग्राहीसँग रकम लिइरहेका बेला अख्तियारको टोलीले निगरानीका क्रममा उनलाई ४० हजार रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।

 

पक्राउ परेका इन्स्पेक्टरमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ। घुस प्रकरण सम्बन्धी विस्तृत विवरण भने अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर