LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

ढल्केवरको होटलमा युवतीको शव, सञ्चालक फरार भएपछि घटनाले लियो रहस्यमय मोड

ढल्केवर, धनुषा चैत्र १६। धनुषाको ढल्केवरस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित पश्चिम चौकमा रहेको जुन तारा स्टाप लाइन होटलमा मंगलबार बिहान करिब साढे ११ बजे एक युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पोखरा महानगरपालिका–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक होटलको कोठाभित्र मृत अवस्थामा भेटिएकी हुन्।

प्रहरीका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव फेला परेको थियो। प्रारम्भिक रूपमा शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो।

घटनापछि होटल सञ्चालक रामपुकार साहसहित होटलमा कार्यरत अन्य कामदार फरार रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता स्थानीयवासीका अनुसार ढल्केवर क्षेत्रका केही गेष्ट हाउस तथा होटलहरूमा युवती राखेर अवैध गतिविधि सञ्चालन हुँदै आएको आरोप समेत लगाइएको छ। प्रहरीले उक्त विषयमा पनि अनुसन्धान गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर