LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

कानुन मन्त्री सोविता गौतमको पहिलो निर्णय: यौनजन्य अपराधका कानुन अध्ययन गरिने

काठमाडौं चैत्र १६: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेसँगै पहिलो निर्णयका रूपमा यौनजन्य अपराध तथा बालबालिकासँग सम्बन्धित कसुरका कानुनहरूको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेकी छन्।

२०८२ साल चैत १३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री गौतमले जबर्जस्ती करणी, जबर्जस्ती करणी पश्चात हुने हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्ने तथा पीडितहरूले शीघ्र न्याय पाउने वातावरण बनाउन कानुनी अवरोधहरूको पहिचान गर्न आवश्यक रहेको बताइन्।

उनका अनुसार विद्यमान कानुनमा रहेका समस्या र अवरोधहरू पहिचान गरी ती कानुन संशोधन गर्ने उद्देश्यले अध्ययन कार्यदल गठन गरिएको हो।

मन्त्री गौतमले अध्ययन कार्यदलले पेश गर्ने निष्कर्षका आधारमा आवश्यक कानुन निर्माण तथा संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिएकी छन्।

उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय जनतासँग प्रत्यक्ष भन्दा अप्रत्यक्ष रूपमा जोडिएको भए पनि जनताको सरोकारका विषयलाई कानुन निर्माणमार्फत सम्बोधन गर्ने आफ्नो प्राथमिकता रहेको बताइन्।

प्रतिक्रिया
सम्बन्धित खवर