LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक आज अदालत उपस्थित गराइँदै

१५ चैत — शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदै छ। सार्वजनिक बिदा परेकाले शनिबार अदालत बन्द रहेकाले उनीहरूलाई आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो।

गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि प्रहरीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी टोलीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट र लेखकलाई भक्तपुरकै कटुन्जेबाट नियन्त्रणमा लिएको थियो।

आज अदालतले अनुसन्धानका लागि उनीहरूलाई कति दिन हिरासतमा राख्न अनुमति दिन्छ भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ। दुवै नेतालाई हाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर