LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक आज अदालत उपस्थित गराइँदै

१५ चैत — शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदै छ। सार्वजनिक बिदा परेकाले शनिबार अदालत बन्द रहेकाले उनीहरूलाई आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो।

गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि प्रहरीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी टोलीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट र लेखकलाई भक्तपुरकै कटुन्जेबाट नियन्त्रणमा लिएको थियो।

आज अदालतले अनुसन्धानका लागि उनीहरूलाई कति दिन हिरासतमा राख्न अनुमति दिन्छ भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ। दुवै नेतालाई हाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर