LIVE NEWS
सडकमै सशक्त सन्देश: सपोर्ट नेपाल–प्लान इन्टरनेशनलको कार्यक्रममा बालिकाहरूको दमदार प्रस्तुतिरास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचितऔषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीड

रास्वपाबाट बालेन्द्र शाह संसदीय दलको नेता बन्ने निश्चित

चैत्र १२:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। बिहीबार बनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिबाटै संसदीय दल गठन गर्ने प्रस्ताव पारित गरेको हो।

बैठकमा पार्टी सभापति Rabi Lamichhane ले पार्टीका वरिष्ठ नेता Balendra Shah लाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको जनाइएको छ।

बिहीबार नै संसदीय दलको बैठक बस्ने तयारी गरिएको छ र सोही बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने औपचारिक निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर