LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

इटहरीको बुढी खोलामा चिप्लेटी खेल्न पर्यटकको भीड, बढ्दै दुर्घटनाको जोखिम

जनकपुरधाम माघ  १२ :उपमहानगरपालिका–खनारस्थित बुढी खोलामा पछिल्लो समय चिप्लेटी खेल्न जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी बुढी खोलाको पुल नजिकै बाँध क्षेत्रमा दैनिकजसो मानिसहरूको भीड लाग्ने गरेको देखिन्छ।

तर, खोलामा चिप्लिएर ढुंगामा ठोक्किने जोखिम बढेसँगै लडेर घाइते हुने घटनाहरू पनि बढ्न थालेका छन्। स्थानीयका अनुसार लगभग दैनिकजसो सामान्यदेखि गम्भीर प्रकृतिका चोटपटक लाग्ने घटना हुन थालेको छ, जसले यहाँको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

सामाजिक सञ्जालमा बुढी खोलामा चिप्लेटी खेल्ने र रमाइलो क्षणका भिडियोहरू भाइरल भएपछि यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो। गर्मी बढेसँगै खोलामा स्नान र मनोरञ्जनका लागि आउनेको संख्या झन् बढ्ने अनुमान गरिएको छ।

यता बुढी खोला झरना संरक्षण व्यवस्थापन समितिले यस स्थानलाई व्यवस्थित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न संरचना निर्माण तथा व्यवस्थापनका काम सुरु गरिसकेको जनाएको छ। समितिका अनुसार पर्यटकमैत्री पूर्वाधार, सरसफाइ र व्यवस्थापनमा ध्यान दिइँदैछ।

तर, खोलाको ढुंगामय र चिप्लो सतहका कारण दुर्घटनाको जोखिम उच्च रहेकाले सुरक्षाका लागि चेतनामूलक बोर्ड, सुरक्षा घेरा, उद्धार व्यवस्थापन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ।

पर्यटन प्रवर्द्धनसँगै सुरक्षालाई प्राथमिकतामा राख्न सके बुढी खोला सुरक्षित र आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर