LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

अर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप

चन्दन रजक ,माघ ३ :मधेस प्रदेश सरकारका अर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ। मधेसी पहिचानलाई कमजोर पार्ने उद्देश्यले केही बहरूपियाहरू धोती, कुर्ता र गम्छा लगाएर जनतामाझ भ्रम फैलाउने कार्यमा सक्रिय रहेको छ।

जनकपुरधाम जेसीजको ४३औँ शाखा अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै अर्थमन्त्री यादवले मधेसी दलहरू एकताबद्ध हुन थालेपछि यस्ता षड्यन्त्रहरू सतहमा आउन थालेको उल्लेख गर्नुभयो।

मधेसी दलहरू एक हुन थालेपछि बहरूपियाहरू नयाँ शक्तिको आवरणमा मधेसविरोधी गतिविधि गर्न थालेका छन्।

 

मधेसको हक, अधिकार र पहिचानका लागि संघर्षरत शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मधेसी जनतालाई सजग र सचेत रहन आग्रह गर्नुभयो। साथै, संघीय सरकारले समयमै मधेस प्रदेशलाई स्वायत्त प्रदेशको रूपमा अधिकार सम्पन्न नबनाए गम्भीर असन्तोष सिर्जना भई विद्रोहको अवस्था समेत आउन सक्ने सम्भावनाप्रति चेतावनी दिनुभयो।

 

अर्थमन्त्री यादवले मधेसको विकास, सुशासन र समावेशी राजनीतिका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै जनताको अधिकार स्थापित गर्न कुनै पनि हालतमा पछि नहट्ने धारणा व्यक्त गर्नुभयो।

 

कार्यक्रममा जनकपुरधाम जेसीजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले संस्थाको वार्षिक प्रगति समीक्षा गर्नुका साथै आगामी कार्यदिशा तय गरेको जनाइएको छ।

वक्ताहरूले जनकपुरधाम जेसीजले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर