LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्

महोत्तरी, हलखोरी ,माघ २। महोत्तरी जिल्लाको एकडरा गाउँपालिका–४ हलखोरीमा मंगलबार राति करिब १२ बजे अज्ञात समूहले विजय मण्डलद्वारा सञ्चालित विजय जनरल स्टोरमा आगजनी गरेको छ।

आगलागीबाट पसलभित्र रहेका करिब ८ लाख रुपैयाँ बराबरका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। परिवारको जीविकोपार्जनको एकमात्र आधार बनेको पसल खरानीमा परिणत भएपछि पीडित परिवार शोक र पीडामा डुबेको छ।

पीडितका अनुसार पसल सञ्चालन गर्न ५ लाख रुपैयाँ ऋण लिइएको थियो। बिरामी पति र ६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्—

यसैमा हामी सबैलाई नै जलाइदिएको भए राम्रो हुन्थ्यो, अब बाँच्ने आधार नै सकियो।

घटनापछि स्थानीयवासीहरू आक्रोशित बनेका छन्। उनीहरूका अनुसार यस क्षेत्रमा यस्ता घटनाहरू प्रायः नशा सेवन गर्ने केही युवाहरूको संलग्नतामा हुने गरेको आशंका छ। स्थानीयहरूले दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर