LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

जनकपुरको रामानन्दचौकमा टिपरको ठक्कर, युवती गम्भीर घाइते

जनकपुर, ३० पुस । जनकपुरको रामानन्दचौकमा टिपरको ठक्करबाट एक जना युवती गम्भीर घाइते भएकी छन्।

जनकपुरबाट ढल्केवरतर्फ गइरहेको टिपरले सडक पार गरिरहेकी युवतीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा धनुषाको मिथिला बिहारी नगरपालिका–तारापट्टीकी २६ वर्षीया नितु साह गम्भीर घाइते भएकी छन्। दुर्घटनालगत्तै स्थानीयवासीले उनलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए।

धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमका अनुसार घाइते साहको उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले टिपरलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

स्थानीयवासीका अनुसार रामानन्दचौक क्षेत्रमा सवारी साधनको चाप अत्यधिक हुने र तीव्र गति तथा लापरवाहीका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर