LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

झापा–५ बाट उम्मेदवारीको तयारीमा बालेन, मेयर पद छाड्ने तयारी

जनकपुरधमका पुष २९ :ठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताका रूपमा प्रवेश गरेका शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि नै मेयर पद छाड्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता माघ ६ गते तोकिएको छ। यसैबीच रास्वपाले आगामी निर्वाचनका लागि बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

त्यसैगरी मेयर शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा–५ बाट उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन्। यस विषयमा उनले आइतबार झापाका नेताहरूसँग करिब डेढ घन्टा छलफल गरेका थिए।

ललितपुर–१० स्थित ज्वागलमा रहेको आफ्नो सचिवालय सदस्य कुमार बेनको निवासमा बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग छलफल गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर