LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

झापा–५ बाट उम्मेदवारीको तयारीमा बालेन, मेयर पद छाड्ने तयारी

जनकपुरधमका पुष २९ :ठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताका रूपमा प्रवेश गरेका शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि नै मेयर पद छाड्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता माघ ६ गते तोकिएको छ। यसैबीच रास्वपाले आगामी निर्वाचनका लागि बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

त्यसैगरी मेयर शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा–५ बाट उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन्। यस विषयमा उनले आइतबार झापाका नेताहरूसँग करिब डेढ घन्टा छलफल गरेका थिए।

ललितपुर–१० स्थित ज्वागलमा रहेको आफ्नो सचिवालय सदस्य कुमार बेनको निवासमा बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग छलफल गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर