LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषामा सरकारी जग्गा अतिक्रमण विवाद उग्र, झडपपछि जनकपुर–ढल्केवर सडक अवरुद्ध

धनुषा पौष २६— धनुषाको महेन्द्रनगरस्थित स्तलोक आश्रम नजिक स्थानीय बासिन्दा र आश्रम परिसरमा रहेका व्यक्तिहरूबीच आज झडप भएको छ। झडपका क्रममा स्थानीय पक्षका नाम नखुलेका केही व्यक्ति घाइते भएका छन् ।

प्राप्त जानकारीअनुसार धनुषा जिल्लाको महेन्द्रनगर क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी रामपालसँग सम्बन्धित समूहले धर्मान्तरण केन्द्र सञ्चालन गरेको आरोप सम्बन्धी विषयलाई लिएर यसअघि भएको सहमति अनुसार आज जग्गा नापी गर्ने प्रक्रिया अघि बढाउने क्रममा तनाव उत्पन्न भएको हो। सोही क्रममा विवाद चर्किँदै जाँदा दुबै पक्षबीच झडप भएको बताइएको छ।

घटनाप्रति आक्रोशित स्थानीयहरूले विरोध स्वरूप जनकपुर–ढल्केवर सडक अवरुद्ध गरेका छन्, जसका कारण सवारी आवागमन प्रभावित भएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर