LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

म्यादी प्रहरी आवेदनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भीड

महोत्तरी पुष २५ — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना प्रक्रियाअन्तर्गत आवेदन दर्ता सुरु भएसँगै जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको ठूलो भीड लागेको छ।

निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन हजार ९१२ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ। निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति महोत्तरीले आज जारी गरेको निर्वाचन प्रहरी भर्नासम्बन्धी एकीकृत सूचनामा उक्त सङ्ख्यामा म्यादी प्रहरी भर्ना गरिने जानकारी दिइएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टका अनुसार म्यादी प्रहरीका लागि आवेदन फाराम भर्ने अवधि पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको छ। तोकिएको समयसीमाभित्र आवश्यक योग्यता पुगेका इच्छुक आवेदकहरूले आवेदन दिन सक्ने उनले जानकारी दिए।

आवेदन दर्ताका क्रममा उत्पन्न भीडलाई व्यवस्थापन गर्न तथा शान्ति–सुरक्षा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। म्यादी प्रहरी भर्नाप्रति विशेषगरी युवाहरूको उल्लेखनीय उत्साह देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर