LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

टिकटकबाट फैलिएको धार्मिक विवाद, मधेशभर उच्च सुरक्षा अलर्ट

जनकपुरधाम पौस १९ : टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गर्दै अभद्र टिप्पणी गरिएको विषयलाई लिएर मधेश प्रदेशमा तनावको अवस्था सिर्जना भएको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म फैलिएको छ।

धनुषा र पर्सासहित मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक उच्च सुरक्षा अधिकृतका अनुसार ‘संवेदनशील परिस्थिति’लाई ध्यानमा राख्दै थप सतर्कता अपनाइएको हो।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाले हिन्दुस्तानको नाम उल्लेख गर्दै टिकटकमा एक भिडियो पोष्ट गरेका थिए। उक्त भिडियोले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने भन्दै स्थानीय अगुवाहरूले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला उनीहरू पक्राउ गरिएको विषयलाई लिएर केही युवाहरू आक्रोशित बनेका थिए। सोही क्रममा एक मस्जिदमा आक्रमणसमेत भएको थियो। आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।
यसै घटनालाई लिएर पर्साको वीरगञ्जमा आज बिहानदेखि प्रदर्शन जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर