LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जहाज दुर्घटनाबारे अध्ययन गर्न कम्पनीको टेक्निकल टोली घटनास्थलतर्फ

जनकपुरधाम पौष १८। झापाको भद्रपुर विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे अध्ययन गर्न कम्पनीको टेक्निकल टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट भद्रपुर उडानमा रहेको ९एन–एएमएफ कलसाइनको एटिआर–७२ जहाज शुक्रबार राति रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको हो।

 

बुद्ध एयरले काठमाडौँबाट अर्को जहाजमार्फत टेक्निकल तथा रिलिफ टिम पठाइएको जनाएको छ। प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाज रन–वे पार गर्दै चिप्लिएपछि दुर्घटना भएको हो।

 

जहाजमा सवार ५१ जना यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको प्राधिकरणले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर