LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा आज बिहान मृत अवस्थामा फेला

काठमाडौं ,पौष १४ । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन्।
नयाँबानेश्वर–बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा आज बिहान मृत अवस्थामा फेला परेका हुन्।

घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरी नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन्। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सहायक हबल्दार थापाको मृत्युको कारण खुल्न बाँकी रहेको र सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर