LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा आज बिहान मृत अवस्थामा फेला

काठमाडौं ,पौष १४ । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन्।
नयाँबानेश्वर–बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा आज बिहान मृत अवस्थामा फेला परेका हुन्।

घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरी नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन्। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सहायक हबल्दार थापाको मृत्युको कारण खुल्न बाँकी रहेको र सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर