LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मटिहानीमा राष्ट्रिय वैश्य महासंघको संगठन बिस्तार २१ सदस्यीय वैश्य महासंघ नेपाल मटिहानी नगर कमिटि गठन

पुष ०५, महोत्तरी । राष्ट्रिय वैश्य महासंघ नेपालले शनिवार महोत्तरीको मटिहानी नगरपालिकामा नगर कमिटि गठन गरेको छ ।

जिल्ला अध्यक्ष कैलाश नायकको अध्यक्षता तथा राष्ट्रिय वैश्य महासंघ नेपालका अध्यक्ष विश्वनाथप्रसाद साहको प्रमुख आतिथ्यमा आयोजित बृहत भेलाले विजय साहको नेतृत्वमा २१ सदस्यीय वैश्य महासंघ नेपाल मटिहानी नगर कमिटि गठन गरेको हो ।

नवगठित कमिटिको उपाध्यक्षमा पवन कुमार साह, शोभा साह, नरेश साह रहेका छन् । महा-सचिवमा मोहन प्रसाद गुप्ता, कोषाध्यक्षमा राजेश गुप्ता चयन भएका छन् ।

सो अवसरमा पुर्व मन्त्रि भरत साह, सुरीता साह , प्रदेश सांसद अनिता साह , रमिता प्रधानलगायतको पनि उपस्थिति रहेको थियो । जातिय संगठनको सुदृढिकरण गर्ने योजना अनुसार अहिले पालिकाहरुमा कमिटि गठन गर्न थालिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर