LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

रानी शर्मा तिवारीले पुनः सम्हालिन् शिक्षा मन्त्रालयको जिम्मेवारी

जनकपुर, पुष १ । मधेश प्रदेशसभाको दोस्रो कार्यकाल चलिरहँदा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले दोस्रो पटक मधेश प्रदेश सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेकी छन्।

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँगै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित तिवारीले यसअघि सतिस सिंह नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको रूपमा काम गरेकी थिइन्। हाल उनी कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा पनि शिक्षा मन्त्रीका रूपमा सपथ ग्रहण गरेकी हुन्।

 

लगातार दुई सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनु तिवारीप्रति पार्टी र सरकारको विश्वासको संकेतका रूपमा हेरिएको छ। शिक्षा क्षेत्रका सुधार, विद्यालय व्यवस्थापन, शैक्षिक पहुँच विस्तार तथा नीतिगत कार्यान्वयनमा उनी सक्रिय रहने अपेक्षा गरिएको छ।

दोस्रो पटक मन्त्री बनेसँगै मधेश प्रदेशको शिक्षा क्षेत्रमा निरन्तरता र प्रभावकारी काम हुने आशा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर