LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

लामो समयदेखि विवादमा रहँदै आएको इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई वर्तमान सरकारले पुनः अघि बढाउने तयारी

काठमाडौँ, मंसिर २२ : लामो समयदेखि विवादमा रहँदै आएको इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई वर्तमान सरकारले पुनः अघि बढाउने तयारी गरेको छ। तर यातायात विज्ञहरू यसलाई सुधारको सुनौलो अवसरका रूपमा उपयोग गर्न सरकारलाई सुझाव दिँदै आएका छन्।

इम्बोस्ड प्लेटसम्बन्धी महँगा शुल्क, भाषागत वि’वाद, जेनजी आ’न्दोलनका क्रममा कारखाना ज’लेर क्षति हुनु, साथै ठेकदार कम्पनीको म्याद समाप्तिजस्ता मुद्दाहरू वर्षौँदेखि उठ्दै आएका छन्। यी सबै अवस्था पुनः समीक्षा गरी स्पष्ट मोडालिटी तय गर्नुपर्ने सुझाब भइरहे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभागले भने तेस्रोपटक पनि ठेक्का म्याद बढाउने प्रक्रियामा अघि बढिसकेको छ।

अन्य रुग्ण ठेक्का तोड्ने कठोर निर्णयहरूको कारण चर्चामा रहेका मन्त्री कुलमान घिसिङबाट यस विषयमा पनि ठोस कदमको अपेक्षा गरिएको थियो। तर इम्बोस्ड प्लेटको विवाद भने पुनः त्यही पुरानै ढर्रामा घिस्रिँदै गएको नयाँ संकेत देखिन थालेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर