LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश जनकपुरधाम नगरका सभापति ललन कुमार नायकले औपचारिक रूपमा पद र पार्टी दुवै गरे परित्याग

धनुषा, २०८३ मंसिर १० गते :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश जनकपुरधाम नगरका सभापति ललन कुमार नायकले २०८३ मंसिर १० गते औपचारिक रूपमा पद र पार्टी दुवै परित्याग गरेका छन्। आफ्नो व्यक्तिगत फेसबुक भिडियोमार्फत उनले रास्वपा नेपालभर सुदृढ हुँदै गएको भए पनि आफू जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापति र पार्टीको साधारण सदस्य नरहने गरी आजैको मितिदेखि पार्टी त्याग गरेको घोषणा गरेका हुन्।

नायकले भिडियोमार्फत पद छाड्नुका कारणहरू सार्वजनिक गर्दै अबको राजनीतिक यात्रा स्वतन्त्र रूपमा अघि बढाउने बताएका छन्। साथै उनले धनुषा क्षेत्र नम्बर ४ का जनताहरूलाई आगामी निर्वाचनमा नेकपा एमाले, माओवादी, जसपा, कांग्रेसजस्ता ठूला दलका नेताभन्दा स्वतन्त्र र सक्षम युवालाई प्राथमिकता दिन आग्रह पनि गरेका छन्।

रास्वपाको संगठन जनकपुरधाम उपमहानगरपालिका तथा धनुषा जिल्लाभर कमजोर रहेकै समयदेखि करीब दुईदेखि डेढ वर्षअघिबाट नायक सक्रिय रूपमा संगठन विस्तारमा होमिएका थिए। यस क्रममा उनी प्रभावशाली युवा नेताका रूपमा परिचित हुँदै आएका थिए।

 

उनी आफूले पार्टीभित्र भोगेका अनुभव, संघर्ष र पछिल्ला घटनाक्रम जनसमुदायसमक्ष खुलाउँदै अबको यात्रामा स्वतन्त्र ढंगले धैर्य, पारदर्शिता र जवाफदेहिताको मोडेललाई अघि बढाउने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर