LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

आज जानकीजी को मटकोर, भोली भव्य विवाहपञ्चमी

जनकपुरधाम ,मंसिर ८ :सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन जनकपुरधाममा आज जानकीको मटकोर गरिँदैछ। दिउँसो धार्मिक तथा ऐतिहासिक तीर्थस्थल गंगासागरमा बाजागाजासहित जानकीको मटकोर सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ।

मिथिलाको परम्परा अनुसार राम र सीताको प्रतिकात्मक भूमिका रहेका बालबालिकामार्फत मटकोरको विधि पूरा गरिने छ। उपस्थित भक्तजनले मटकोरका गीत गाई वातावरणलाई अझै भक्तिमय बनाउनेछन्।

मटकोरदेखि अघि सरेपछि भोली मंगलबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर तथा विवाहको विधि गरिने छ।

मंसिर ४ गतेबाट प्रारम्भ भएको सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ।

आजको मटकोरपछि भोली छैटौँ दिन भव्य विवाहपञ्चमी र बुधवार जन्ती बनेर आएका साधु–सन्तको बिदाई अर्थात् ‘राम कलेवा’ गरी महोत्सव विधिवत् सम्पन्न गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर