LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

आज जानकीजी को मटकोर, भोली भव्य विवाहपञ्चमी

जनकपुरधाम ,मंसिर ८ :सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन जनकपुरधाममा आज जानकीको मटकोर गरिँदैछ। दिउँसो धार्मिक तथा ऐतिहासिक तीर्थस्थल गंगासागरमा बाजागाजासहित जानकीको मटकोर सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ।

मिथिलाको परम्परा अनुसार राम र सीताको प्रतिकात्मक भूमिका रहेका बालबालिकामार्फत मटकोरको विधि पूरा गरिने छ। उपस्थित भक्तजनले मटकोरका गीत गाई वातावरणलाई अझै भक्तिमय बनाउनेछन्।

मटकोरदेखि अघि सरेपछि भोली मंगलबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर तथा विवाहको विधि गरिने छ।

मंसिर ४ गतेबाट प्रारम्भ भएको सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ।

आजको मटकोरपछि भोली छैटौँ दिन भव्य विवाहपञ्चमी र बुधवार जन्ती बनेर आएका साधु–सन्तको बिदाई अर्थात् ‘राम कलेवा’ गरी महोत्सव विधिवत् सम्पन्न गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर