LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सरकार गठन गर्न नदिइएको आरोप लगाउँदै निरन्तर सडक–दबाब सिर्जना

१ मंसिर, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध विरुद्ध सात दलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौँ दिन पनि मधेश भवन अगाडि धर्नामा बसेका छन्।

धर्नामा सहभागी दलहरूमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकन्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। यी दलहरूले प्रदेशमा बहुमत भए पनि सरकार गठन गर्न नदिइएको आरोप लगाउँदै निरन्तर सडक–दबाब सिर्जना गरिरहेका छन्।

गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै संवैधानिक व्यवस्थाअनुसार सरकार गठन प्रक्रिया अघि बढाउन माग गरेका छन्। धर्नामा सहभागी नेताहरूले सरकार गठन रोकिनु प्रदेशको राजनीतिक स्थायित्व र जनादेश दुवैको अपमान भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर