LIVE NEWS
'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियो

सरकार गठन गर्न नदिइएको आरोप लगाउँदै निरन्तर सडक–दबाब सिर्जना

१ मंसिर, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध विरुद्ध सात दलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौँ दिन पनि मधेश भवन अगाडि धर्नामा बसेका छन्।

धर्नामा सहभागी दलहरूमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकन्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। यी दलहरूले प्रदेशमा बहुमत भए पनि सरकार गठन गर्न नदिइएको आरोप लगाउँदै निरन्तर सडक–दबाब सिर्जना गरिरहेका छन्।

गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै संवैधानिक व्यवस्थाअनुसार सरकार गठन प्रक्रिया अघि बढाउन माग गरेका छन्। धर्नामा सहभागी नेताहरूले सरकार गठन रोकिनु प्रदेशको राजनीतिक स्थायित्व र जनादेश दुवैको अपमान भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर