LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

विद्युत चोरी जस्तो गैरकानूनी काम विद्यालयको नाममा

सप्तरी कर्तिक १३ : डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा विद्युत महसुल नतिरेपछि विद्युत लाइनमा हुक लगाएर चोरी गरी प्रयोग गरेको घटना सार्वजनिक भएको छ।

स्थानीयवासीका अनुसार विद्यालयले लामो समयदेखि नेपाल विद्युत प्राधिकरणलाई बिल तिरेको थिएन, जसका कारण प्राधिकरणले विद्युत काटेको थियो। तर त्यसपछि विद्यालयमा मुख्य लाइनमै हुक जोडेर बिजुली चलाइएको भेटिएको छ।

प्राधिकरणले लाइन काटिसकेको थियो, तर विद्यालयले फेरि हुक लगाएर चोरी गरेको हो। यस्तो कार्य विद्यालयको लागि लाजमर्दो कुरा हो।

यो घटनाको पूर्ण जिम्मेवारी विद्यालयका हेडमास्टरमाथि पर्नु पर्ने अभिभावक र स्थानीयको भनाइ छ। उनीहरू भन्छन्, हेडमास्टर नै विद्यालयको प्रमुख जिम्मेवार व्यक्ति हुन्। विद्युत चोरी जस्तो गैरकानूनी काम विद्यालयको नाममा भयो भने त्यसको जवाफदिही हेडमास्टरले गर्नुपर्छ।

प्रतिक्रिया
सम्बन्धित खवर