LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

महापर्व छठको दोस्रो दिन आज ‘खरना’ पर्व श्रद्धा र भक्ति पूर्वक मनाइँदै

जनकपुरधाम ९ कार्तिक । सूर्यदेवको आराधना र उपासना गरी मनाइने महापर्व छठको दोस्रो दिन आज ‘खरना’ पर्व श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ ।

 

आज दिनभर निराहार व्रत बसेका ब्रतालुहरूले साँझ पवित्रता र विधिपूर्वक चामल, दूध र सक्खर मिसाएर तयार गरिएको खीर पकाई प्रसादका रूपमा ग्रहण गर्दै खरना सम्पन्न गर्छन् । सो खीर घरका सदस्यहरूलाई वितरण गरिन्छ भने केही स्थानमा छठ पर्व नमान्ने घरमा पनि प्रसाद स्वरूप बाँड्ने परम्परा रहेको छ ।

 

सन्तान र परिवारको सुख–समृद्धि तथा कल्याणको कामना गर्दै चार दिनसम्म चल्ने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट प्रारम्भ भएको थियो । सो दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अरबाइन भोजन ग्रहण गरेर आगामी कठोर उपवासको तयारी गर्छन् ।

 

भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा अर्घ्य अर्पण गरिनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यो महापर्वको विधिवत समापन गरिनेछ ।

 

छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया–कुरबार र हाँडी लगायतका सामग्री चढाइने चलन छ । ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, विभिन्न मिठाई तथा फलफूल प्रसादका रूपमा अर्पण गरिन्छ ।

 

अर्घ्य दिने ब्रतालुहरू ४८ घण्टासम्म जलसम्म नखाई कठोर व्रत बस्ने परम्परा रहँदै आएको छ । पूर्ण नियम, निष्ठा र पवित्रताको साथ मनाइने भएकाले छठलाई अत्यन्तै कठोर र श्रद्धायुक्त पर्वका रूपमा मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर