LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

१३ वर्षीया अंशु गौतम शुक्रबार जंगलभित्र मृत अवस्थामा फेला

मोरङ, कर्तिक ८— दशैंको उत्सवमय माहोलबीच हराएकी लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतम शुक्रबार जंगलभित्र मृत अवस्थामा फेला परेकी छन्। दुई साताअघि घरनजिकैबाट हराएकी अंशुको शव स्थानीयले घाँस काट्ने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मोरङ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र भेटिएको शव अत्यधिक कुहिएको र बीभत्स अवस्थामा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शवको टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो।

‘शव फेला परेको दृश्य निकै डर लाग्दो थियो,’ उनले भने, ‘घटनास्थलको अवस्था हेर्दा यौनजन्य हिंसा र हत्या दुवैको आशंका प्रष्ट देखिन्छ।’

घटनास्थलमा अंशुले लगाएका ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएपछि प्रहरीले बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

गत असोज २१ गते साँझ करिब ५ बजे घरनजिकैबाट हराएकी अंशु बारे परिवार र स्थानीयले लगातार खोजी गरे पनि दुई सातासम्म कुनै पत्ता लागेको थिएन। शुक्रबार दिउँसो करिब १ः३० बजेतिर स्थानीयले जंगलभित्र शव देखेपछि प्रहरी र स्थानीयको उपस्थितिमा उद्धार गरिएको हो।

लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशु लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थी थिइन्। ‘उनी साधारण परिवारकी छोरी थिइन्, यस्तो निर्दयी अपराधले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ,’ उनले भने, ‘दोषीलाई कडा कानुनी कारबाही हुनैपर्छ।’

प्रहरीले वरपरका बासिन्दा र शंकास्पद व्यक्तिहरूसँग बयान लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

एसपी कटवालका अनुसार फरेन्सिक रिपोर्टपछि मात्र घटनाको वास्तविक कारण र अपराधको स्वरूप पुष्टि हुनेछ। प्रारम्भिक अवस्था हेर्दा मानव आक्रमणकै संकेत स्पष्ट भएको उनले बताए।

बालिका बेपत्ता भई बलात्कारपछि हत्या गरिएको आशंकाले लेटाङ र आसपासका बस्तीमा भय र आक्रोश फैलिएको छ। स्थानीयवासीले छिटोभन्दा छिटो दोषी पत्ता लगाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर