LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

छठपछि मुख्यमन्त्री सोनारले लिँदै विश्वासको मत

जनकपुरधाम, कर्तिक  ७ :मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) छठ पर्व सम्पन्न भएपछि प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्। असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनारले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

सोनारले जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन्।

प्रदेश सभामा यी पाँच दलका ५७ जना सांसद छन्— जसपाका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद। १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनेका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर