LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

छठपछि मुख्यमन्त्री सोनारले लिँदै विश्वासको मत

जनकपुरधाम, कर्तिक  ७ :मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) छठ पर्व सम्पन्न भएपछि प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्। असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनारले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

सोनारले जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन्।

प्रदेश सभामा यी पाँच दलका ५७ जना सांसद छन्— जसपाका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद। १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनेका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर