LIVE NEWS
प्रचण्डको भनाइ : संकटको समाधान एकता सहमति र संयमबाटै सम्भव छ म त्यसका लागि जस्तोसुकै तपस्या गर्न तयार छु।जलेश्वरमा टाइगर बसमा अचानक आगलागी, मानवीय क्षति नभएको पुष्टिकबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी गरे हत्याइन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको माग

जलेश्वरमा टाइगर बसमा अचानक आगलागी, मानवीय क्षति नभएको पुष्टि

जलेश्वर, महोत्तरी – कार्तिक ५, : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६, साहुजी पट्टि स्थित वडा कार्यालय नजिकै दिउँसो रोकिराखिएको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

आगलागीमा परेर क्षति पुगेको उक्त बस महोत्तरी टाइगर नामक कम्पनीअन्तर्गत राम बाबु नायकको स्वामित्वमा रहेको प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरको बस रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

घटना अन्दाजी १२:५५ बजे तिर भएको हो। आगो लागेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माको नेतृत्वमा २० जना प्रहरी, सशस्त्र प्रहरी बल गण नं. ९ का सप्र उपरीक्षक शेर बहादुर अधिकारीसहित २२ जना सशस्त्र प्रहरी, नेपाली सेनाको गोरखनाथ गणबाट सेनानी रामप्रसाद लामिछाने नेतृत्वमा २० जना सैनिक र जलेश्वर नगरपालिकाको दमकल टोली घटनास्थलमा परिचालित भएको थियो।

सहकार्यमा गरिएका प्रयासपछि करिब १३:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

हालसम्म आगलागीको कारण खुल्न सकेको छैन भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। यद्यपि बस आंशिकरूपमा जलेर क्षतिग्रस्त भएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर