LIVE NEWS
प्रचण्डको भनाइ : संकटको समाधान एकता सहमति र संयमबाटै सम्भव छ म त्यसका लागि जस्तोसुकै तपस्या गर्न तयार छु।जलेश्वरमा टाइगर बसमा अचानक आगलागी, मानवीय क्षति नभएको पुष्टिकबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी गरे हत्याइन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको माग

कबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी गरे हत्या

राजविराज, २ कार्तिक ।सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

मन्दिरका करिब ७० वर्षीय पुजारी रामदुलार साह शनिबार राति आफ्नै कुटीअगाडि बाटोमा पिसाब गरिरहेको समयमा पछाडिबाट अज्ञात व्यक्तिले गोली हानेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतम कुमार केसीले जानकारी दिनुभयो।

राति करिब २ बजेतिर नाभी नजिक ढाडतर्फ गोली लाग्दा साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटना स्थलमा दुईवटा गोलीका खोका र एक जोर चप्पल फेला परेको प्रहरीको भनाइ छ।

घटनापछि जिल्ला प्रहरी कार्यालयका डीएसपी डम्बर बहादुर पुरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण र अभियुक्तको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर