LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषाको भगवतीपुरमा भीषण आगलागी, गाईबाख्राको गोठबाट फैलिएको आगोले ४ बाख्रा जलेर मृत्य 

जनकपुरधाम, भाद्र ३: धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–७, भगवतीपुरमा गएराति आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय धनेश्वर राउतको गाईबाख्राको गोठमा मच्छर भगाउन बालिएको घुर (धुवाँ) बाट आगो सल्किँदा घटना भएको बताइएको छ ।

 

आगलागीमा चारवटा बाख्राको ज्यान गएको छ भने एक भैंसी गम्भीर रूपमा घाइते भएको छ । स्थानीय अनिल पटेलका अनुसार आगो फैलिन थालेपछि प्रहरी र गाउँलेको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

 

अस्थायी प्रहरी कार्यालय लक्ष्मीनियाँ बजारका अनुसार आगलागीले घरभित्र रहेका लत्ताकपडा, गरगहना, खाद्यान्नलगायतका सामान पनि जलेर नष्ट भएका छन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर