LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुरमा पत्रकारमाथि आक्रमण, दोषी वकिलमाथि कारबाहीको माग गर्दै प्रदर्शन

जनकपुरधाम ,भाद्र १ : पत्रकारमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले  जनकपुरमा विरोध प्रदर्शन गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि गरिएको धर्नामा सहभागी पत्रकारहरूले दोषी वकिलमाथि तत्काल कारबाहीको माग गरेका छन्।

प्रदर्शनका क्रममा पत्रकारहरूले पत्रकारमाथि आक्रमण बन्द गर दोषीलाई कारबाही गर प्रेस स्वतन्त्रताको रक्षा गर जस्ता नारा लगाएका थिए।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्षले पत्रकारमाथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे। उनले पत्रकारहरू जनताको आवाज भएको र उनीहरूमाथि भएको आक्रमण लोकतन्त्रको विरुद्धमा रहेको बताए।

दोषी वकिलहरूलाई कानुनी दायरामा ल्याउन र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ। धर्नामा धनुषाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

प्रतिक्रिया
सम्बन्धित खवर