LIVE NEWS
वडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठन

क्रिकेटर ललित राजवंशीलाई सांसद अमृत अर्यालको घर निर्माण सहयोग

काठमाडौं, श्रावण २६ :कोशी प्रदेशका सांसद अमृत अर्यालले नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर ललित राजवंशीका लागि नयाँ घर निर्माण गरिदिने घोषणा गरेका छन्।

देशका लागि खेल्दा–खेल्दै मैदानमा पसिना बगाउने र राष्ट्रिय झण्डा उच्च राख्ने खेलाडीको घर जीर्ण अवस्थामा रहेको थाहा पाएपछि उनले यो निर्णय लिएका हुन्। सांसद अर्यालका अनुसार राजवंशीको पुरानो घर भत्किनै लागेको छ र नयाँ घर बनाउन आवश्यक रकम पनि उनीसँग छैन।

उनका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत यो घर निर्माण गरिनेछ र यस आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने योजना छ। अर्यालले भने देशको नाम गौरवान्वित गर्ने खेलाडीको घर जीर्ण हुनु लाजमर्दो कुरा हो, त्यसैले यो घर छिट्टै निर्माण गरिनेछ।

 

प्रतिक्रिया
सम्बन्धित खवर