LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

शवबाट हड्डीको टुक्रा चोरी गरी बिक्री गरेको आरोपमा दुई जना प्रक्राउ

काठमाडौँ श्रावण २५ — पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवबाट हड्डीको टुक्रा चोरी गरी बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घाटमा काम गर्ने एक ‘घाटे बाहुन’ र दाउरा बोक्ने एक मजदुर रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूले मलामी आएका मानिसहरूलाई करिब ४०० देखि ५०० रुपैयाँमा शवको हड्डीको सानो टुक्रा बिक्री गरेको स्वीकार गरेका छन्। उनीहरूले पैसाको लोभमा यस्तो जघन्य अपराध गरेको बयान दिएका छन्।

घटनाको खुलासा तब भयो जब मलामीमा बसिरहेका केही मानिसहरूले उनीहरूलाई शंकास्पद रूपमा शवबाट केही झिक्दै गरेको देखे। सोधपुछ गर्दा उनीहरूले शवको हड्डी निकालेर बेच्न लागेको पत्ता लागेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।

पशुपति क्षेत्र विकास कोषले आर्यघाटको संवेदनशीलतालाई ध्यानमा राखेर यस्ता गतिविधि नियन्त्रण गर्न थप कडाइ गर्ने बताएको छ। प्रहरीले पक्राउ परेका दुवैमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर