LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय बैठक सम्पन्न, संगठन सुदृढीकरणमा जोड

काठमाडौँ श्रावन २३ :काठमाडौं बबरमहलस्थित पार्टी कार्यालयमा लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय बैठक सम्पन्न भएको छ। संघका अध्यक्ष कामरेन्द्र वर्माका अनुसार बैठकमा संघको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम, तयारी विधान र पार्टीको मुखपत्र ‘स्मारिका’ प्रकाशनसम्बन्धी विषयमा गम्भीर छलफल गरिएको हो।

अध्यक्ष वर्माले संघको भावी रणनीति र सांगठनिक संरचना थप प्रभावकारी बनाउने निर्णय बैठकबाट गरिएको जानकारी दिए। उनका अनुसार बैठकमा उठेका प्रस्तावहरू पार्टी अध्यक्षसँग छलफल गरी अगाडि बढाइनेछ। “संघ पत्रकारहरूको हकहितमा मात्र सीमित न रही लोकतान्त्रिक मूल्य र मान्यताका सशक्त पक्षधरका रूपमा प्रस्तुत हुने तयारीमा छ, वर्माले बैठकपछि भने।

बैठकमा संघका केन्द्रीय सदस्य विजेता चौधरी, सुस्मिता लाल, संजिव कुमार झा, चन्द्रमोहन चौधरी, शिवम् मिश्रा, रानी पाल, मुकेश कुमार झा, सुरेन्द्र कुमार सिंह र सल्लाहकार अभिषेक अर्याल लगायतको उपस्थिति रहेको थियो।

बैठकपछि संघको प्रतिनिधिमण्डलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव मनिष मिश्रसँग भेट गरी संघका गतिविधिबारे जानकारी गराएको छ।

संघले चाँडै नै राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने तयारी गरेको समेत जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर