LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

नाग वा सर्पको पूजा गरिने यस दिनमा नाग देवताको प्रत्यक्ष दर्शन

जनकपुरधाम, साउन १३ गते। आज साउन महिनामा मनाइने नागपञ्चमी को पावन अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८, बलुवाटोलमा एउटा घरमा नाग देवताको दुर्लभ दर्शन भएको छ। नाग वा सर्पको पूजा गरिने यस दिनमा नाग देवताको प्रत्यक्ष दर्शन पाउनुलाई अत्यन्तै शुभ र सौभाग्यशाली मानिएको छ।

नाग देवताले कसैलाई पनि कुनै हानि नगरी शान्तपूर्वक दर्शन दिएका थिए। स्थानीय बासिन्दाहरूले नाग देवताको दर्शन गरेर  नागपञ्चमीको दिन यसरी नागको दर्शन हुनु आफैँमा ठूलो भाग्यको कुरा भएको उनीहरूले बताएका छन्।

सामान्यतया, नागपञ्चमीका दिन घरको ढोकामा नागको चित्र टाँस्ने चलन छ। उत्तर दिशातर्फ नागको शिर सम्झी पूजा गर्दा वर्षभर सर्प, नाग र बिच्छीको भय नहुने धार्मिक विश्वास रहिआएको छ। यसै परम्परालाई आत्मसात गर्दै आज नाग देवताको दर्शनले स्थानीय बासिन्दाहरूमा थप धार्मिक उत्साह र सुखको अनुभूति गराएको छ।

नाग देवताको दर्शनपछि, सर्प उद्धार टोली (रेस्क्यु टिम) लाई बोलाएर उहाँहरूले नाग देवतालाई सुरक्षित स्थानमा लगेर छोड्नुभएको थियो। सम्पूर्ण भक्तजनमा नागपञ्चमीको हार्दिक शुभकामना!

प्रतिक्रिया
सम्बन्धित खवर