LIVE NEWS
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानितजनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुने

शिक्षिकाले आफ्नो ज्यानको प्रवाह नगरी कम्तीमा २० जना बालबालिकालाई बचाए ज्यान

ढाका, बंगलादेश श्रवण ९- बंगलादेशको एक विद्यालयमा भएको लडाकु विमान दुर्घटनापछि फैलिएको आगलागीमा एक शिक्षिकाले देखाएको बहादुरी र मानवीयताको कार्यले सबैलाई स्तब्ध बनाएको छ। महरीन चौधरी नामक ती शिक्षिकाले आफ्नो ज्यानको प्रवाह नगरी कम्तीमा २० जना बालबालिकालाई सुरक्षित रूपमा बाहिर निकालेकी थिइन्।

दुर्घटनापछि विद्यालय भवन आगलागीले ढाकिसकेको थियो। यस्तो अवस्थामा पनि महरीनले एकपछि अर्को गर्दै बालबालिकालाई सुरक्षित स्थानमा पुर्‍याइन्। उनका श्रीमानले फोनमार्फत उनलाई आफ्नो ज्यान बचाउन आग्रह गर्दा उनले “यी बालबालिका पनि मेरा छोराछोरी हुन्” भन्दै उद्धार कार्य जारी राखिन्।

दुर्भाग्यवश, बालबालिकालाई बचाउने क्रममा महरीनको शरीर ८० प्रतिशत ज’लेको थियो र अन्ततः उनको निधन भयो। उनको यो निस्वार्थ कार्य र साहसले विश्वभरिका मानिसहरूलाई प्रेरित गरेको छ।
महरीन चौधरीको यो महान कार्यको सर्वत्र प्रशंसा भइरहेको छ र उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर