LIVE NEWS
प्रचण्डको भनाइ : संकटको समाधान एकता सहमति र संयमबाटै सम्भव छ म त्यसका लागि जस्तोसुकै तपस्या गर्न तयार छु।जलेश्वरमा टाइगर बसमा अचानक आगलागी, मानवीय क्षति नभएको पुष्टिकबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी गरे हत्याइन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको माग

शिक्षिकाले आफ्नो ज्यानको प्रवाह नगरी कम्तीमा २० जना बालबालिकालाई बचाए ज्यान

ढाका, बंगलादेश श्रवण ९- बंगलादेशको एक विद्यालयमा भएको लडाकु विमान दुर्घटनापछि फैलिएको आगलागीमा एक शिक्षिकाले देखाएको बहादुरी र मानवीयताको कार्यले सबैलाई स्तब्ध बनाएको छ। महरीन चौधरी नामक ती शिक्षिकाले आफ्नो ज्यानको प्रवाह नगरी कम्तीमा २० जना बालबालिकालाई सुरक्षित रूपमा बाहिर निकालेकी थिइन्।

दुर्घटनापछि विद्यालय भवन आगलागीले ढाकिसकेको थियो। यस्तो अवस्थामा पनि महरीनले एकपछि अर्को गर्दै बालबालिकालाई सुरक्षित स्थानमा पुर्‍याइन्। उनका श्रीमानले फोनमार्फत उनलाई आफ्नो ज्यान बचाउन आग्रह गर्दा उनले “यी बालबालिका पनि मेरा छोराछोरी हुन्” भन्दै उद्धार कार्य जारी राखिन्।

दुर्भाग्यवश, बालबालिकालाई बचाउने क्रममा महरीनको शरीर ८० प्रतिशत ज’लेको थियो र अन्ततः उनको निधन भयो। उनको यो निस्वार्थ कार्य र साहसले विश्वभरिका मानिसहरूलाई प्रेरित गरेको छ।
महरीन चौधरीको यो महान कार्यको सर्वत्र प्रशंसा भइरहेको छ र उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर