LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

गर्मी छल्न गएका बालकको डुबेर मृत्यु, पोखरीमा शव फेला

जनकपुरधाम श्रवण ८ –धनुषाको सबैला नगरपालिका–१०, खरियानीका ७ वर्षीय सचिन कापर बुधबारदेखि बेपत्ता थिए। उनी खुसिया कापरका छोरा हुन्। परिवारले खोजी गरिरहेका बालकको शव बिहीबार बिहान घर नजिकैको पोखरीमा फेला परेको हो।

 

प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार बिहान करिब १० बजे बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा देखिएको थियो।

 

सचिन बुधबार बिहान करिब ११ बजे घरबाट खेल्न निस्केका थिए। त्यसपछि उनी हराएका थिए।

 

गर्मी छल्न पोखरीमा गएका बेला नुहाउने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले

जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर