LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

श्रावण सोमबार: जनकपुरसहित देशभरका शिवालयहरूमा भक्तहरूको घुइँचो

सनोज यादब ,जनकपुरधाम, साउन ५ – आज साउन महिनाको पहिलो सोमबार, हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व राख्ने दिन, देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको लामबद्ध उपस्थिति देखिएको छ।

श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वारका रूपमा पूजा गरिन्छ। आजको दिन विशेषगरी श्रद्धालुहरू व्रत बसी शिवलिङ्गमा जल, दुध, गङ्गाजल चढाउँदै बेलपत्र अर्पण गर्ने, मन्त्र जप र आराधना गर्ने परम्परा निभाइन्छ।

विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दी लगाएर शिव पूजा गर्ने परम्परा अनुसार जनकपुरधामको शिवचोकस्थित शिव मन्दिरमा आज बिहानैदेखि हजारौं श्रद्धालुहरूको भीड देखिएको छ। दर्शन र पूजाका लागि टाढा–टाढाबाट भक्तजनहरू जनकपुर आइपुगेका छन्।

सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै जनकपुर उपमहानगरपालिकाले दर्शन व्यवस्थित बनाउन स्थानीय स्वयंसेवकको समेत सहयोगमा व्यवस्था मिलाइएको जानकारी दिएको छ।

श्रावण महिनाभर सोमबारका दिन यस्तै श्रद्धा र भक्ति भावका साथ शिव पूजामा सहभागी हुने परम्परा रहिआएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर