LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

मेयरको कथित ध’म्कीपछि तनावमा पत्रकार, घरमै झु’ण्डिएको अवस्थामा फेला

रौतहट ,साउन ०४— रौतहटको कटहरियामा शनिबार एक दर्दनाक घटना घट्यो, जब ३० वर्षीय पत्रकार रबिन्द्र प्रजापतिले घरमै झु’ण्डिएर ज्या’न दिए। गरुडा म्युजिकल एफएममा कार्यरत प्रजापति लामो समयदेखि पत्रकारितामा सक्रिय थिए।

स्थानीयवासीहरूका अनुसार, उनले नगरपालिकाको खानेपानीसम्बन्धी समाचार प्रकाशन गरेपछि कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट अपमानजनक व्यवहार र ध’म्की भोग्नुपरेको थियो। यही कारणले उनी मानसिक तनावमा रहेको बताइएको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र आवश्यक विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर