LIVE NEWS
आज चुरे वि'नाश, भोलि आउन सक्छ महा'प्र'लय ! रसुवाको वि'नाश'कारी बाढीले मधेसलाई दिएको गम्भीर चेतावनी !सरोज यादव  र मोहम्मद जमालुद्दिन खान को पहलमा  दोहा कतारबाट  रसुवा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको माग

पूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकता

काठमाडौं ,असार ३१ । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्रले प्रस्तुत गरेको वार्षिक आय–व्यय विवरण पारित भएको हो।

बैठकले उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि अनुमोदन गरेको छ। विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसँगै एमबिबिएस कार्यक्रम सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखेको छ। प्रधानमन्त्री ओलीको पहलमा नयाँ आर्थिक वर्ष सुरु हुनु अघि नै विश्वविद्यालयहरूको सभा बैठकमार्फत बजेट पारित गर्ने काम जारी छ।

प्रतिक्रिया
सम्बन्धित खवर