LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

वीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालन

वीरगञ्ज असार ३२— वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा सक्रिय भएको छ। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू आज प्रभावित क्षेत्रमा पठाइएको छ।

मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार विहान वारुणयन्त्रहरू प्रभावित क्षेत्रतर्फ पठाउँदै खानेपानी समस्या समाधानमा प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताए। एक वटा वारुणयन्त्रले ५ हजार लिटर क्षमता बोकेको छ, जसअनुसार ८ वटा वारुणयन्त्रमार्फत एकपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिनेछ।

यी वारुणयन्त्रहरू २४ घण्टा परिचालित रहने छन् भने यसको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ र सञ्चालन नेपाली सेनाले गर्नेछ। यसअघि प्रदेश सरकारले वन कार्यालयका तीन वटा ट्याङ्कर परिचालन गरिसकेको छ। साथै, नेपाली सेनाबाट ७ वटा ट्याङ्कर र एउटा अतिरिक्त वारुणयन्त्र समेत पठाउने तयारी गरिएको छ।

सुक्खा र पानीको संकटले प्रभावित भएका नागरिकको समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकार, स्थानीय तह र दातृ निकायसँग समन्वय गरी साधनस्रोतको अधिकतम उपयोग गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर