LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते

सर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच जना घाइते भएका छन्। ईश्वरपुर नगरपालिका–१२ र १३ को सीमास्थित बाँके नजिकको रेल्वे ट्रयाकमा आज बिहान पौने ११ बजे दुर्घटना भएको हो।

प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको पिकअप ठोक्किएपछि दुबै सवारीसाधनमा आगलागीसमेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मोटरसाइकल पूर्णरूपमा जलेको छ भने पिकअपको अगाडिको भाग जलेको छ।

घाइतेमध्ये मोटरसाइकल चालक ईश्वरपुर–१५ का २३ वर्षीय चन्द्रदेव धामी र पछाडि सवार २२ वर्षीय प्रशेस चौधरी तथा २१ वर्षीय अमित चौधरी रहेका छन्। चन्द्रदेव नेपाली सेनाको भगवती दल गण, ईटहरीमा कार्यरत सिपाही हुन् भने प्रशेस पनि नेपाली सेनामा कार्यरत रही हाल बुटवलको मध्य पश्चिम पृतनामा काजमा छन्। आगलागीमा चन्द्रदेवको करिब ८५ प्रतिशत शरीर भाग जलेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, पिकअप चालक हरिवन नगरपालिका–३ डाबरी टोलका ४० वर्षीय रामएकबाल महतो र पिकअपमा सवार हरिवन–२ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन्।

सबै घाइतेहरुको उपचार लालबन्दीस्थित मोडल अस्पतालमा भइरहेको छ। दुबै सवारीसाधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर