LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

असार२८- जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापेका छन्।

शुक्रबार रौतहटबाट सुरु भएको जनसंवाद यात्राका क्रममा शनिबार बिहान करिब ११ बजेतिर बारा जिल्लाको गढीमाई नगरपालिका–३, दहियाचोकमा साहमाथि मोसो प्रहार भएको हो। साहका अनुसार केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा योजनाबद्ध रूपमा उक्त घटना भएको हो।

‘जनसंवाद यात्रामा खाना खाएर बाहिर निस्कँदै गर्दा अध्यक्ष सिके राउतका नजिकका विकास सिंहले मलाई कालोमोसो लगाए,’ साहले आरोप लगाए। उनले यात्राका कारण आफूलाई निरन्तर धम्की आइरहेको दाबी समेत गरे।

उपाध्यक्ष साह, कोषाध्यक्ष इन्जिनियर सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य बिरेन्द्र साह सोनारको नेतृत्वमा सुरु गरिएको यो यात्राले पार्टीभित्र लोकतन्त्र सुदृढ पार्ने र अध्यक्ष डा. राउतको परिवारवादविरुद्ध आवाज उठाउने उद्देश्य लिएको उनीहरूको भनाइ छ।

उनीहरूले स्वतन्त्र मधेश आन्दोलनबाट पार्टी बनाउन योगदान दिएका नेताहरूमाथि डा. राउतले अनुशासनको नाममा कारबाही गर्ने र फसाउने गरेको आरोप पनि लगाएका छन्।

यसैबीच जनमतका अर्का केन्द्रीय सदस्य विपी साहले मोसो प्रकरणलाई लोकतान्त्रिक अभ्यासविपरीतको कदम भन्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर