LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

मटिहानीमा सशर्त अनुदानमा बोर्डिङ जडान, ३० विघा खेतमा सिचाइ सुविधा

महोत्तरी असार २६ । मधेश प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत सञ्चालित सिचाइ कार्यक्रममार्फत मटिहानी नगरपालिकाका किसानहरू लाभान्वित हुने भएका छन् ।

नगरपालिकाको मटिहानी, विसनपुर, गोबरौरा, मझौरा, सानो धिरापुरलगायत छवटा स्थानमा एक-एक वटा बोर्डिङ जडान गरिएका छन् । हालै नगर प्रमुख हरि प्रसाद मण्डले औपचारिक रुपमा बोर्डिङ जडान कार्यको शिलान्यास गर्नुभएको छ ।

कृषकहरूको खेतमा वर्षैभरि सिंचाइ सुविधा पुर्‍याउन सुरु गरिएको यस योजनाबाट करिब ३० विघा जमिनमा सिंचाइ हुने मटिहानी नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख मण्डका अनुसार कृषिमा उत्पादन वृद्धि र किसानहरूको आम्दानी वृद्धिका लागि आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर