LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

भोजपुरमा युवकले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरी आफैंले प्रहरीलाई खबर गरे

भोजपुर असार २२  — भोजपुरमा प्रेम विवाह भएको एक वर्षपछि एक व्यक्तिले आफ्नै घरपरिवारका चार सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। भोजपुर नगरपालिका–२ हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुरा, सासु, श्रीमती र सालोको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राईले शनिबार राति सवा १ बजे आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरेर, ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेका थिए।

खबर पाउनेबित्तिकै अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालयबाट हबल्दारको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मन्जु गिरी, श्रीमती (१६ वर्ष) र सालो (१० वर्ष) को शव भेटिएको प्रहरीले जनाएको छ।

राजेन्द्र राईलाई भने गाउँपालिका–१ हर्बुभञ्ज्याङ भन्ने स्थानमा करिब ४–५ किलोमिटर पर घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। उनको पेटमा चक्कुको चोट लागेको र हाल जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार शनिबार राति करिब ११ बजे सासुले चक्कु प्रहार गरेपछि आफूले आवेगमा आएर हत्या गरेको राईले बयान दिएका छन्। ‘उनले हत्या गरेको भनेका छन्, अहिले विस्तृत अनुसन्धान भइरहेको छ,’ इन्सपेक्टर श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर