LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

चितवनमा बुढी राप्तीमा गोहीको आक्रमणले एक युवकको मृत्यु

चितवन — चितवनको रत्ननगर–८ चित्रसारीस्थित बुढी राप्ती खोलामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एक युवाले ज्यान गुमाएका छन्।

स्थानीय २७ वर्षीय अभिषेक माझी मंगलबार राति करिब ९ बजे ४५ वर्षीय राजकुमार माझीसँग माछा मार्न गएका बेला गोहीले तानेर लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गोहीले तानेर लगेपछि खबर पाउनासाथ रत्ननगर र मैनाहाका सुरक्षाकर्मीले खोजी थालेका थिए। खोजीका क्रममा राति १ बजेर २० मिनेट जाँदा घटनास्थलबाट करिब २ सय मिटर उत्तर खोलाको किनारमा अभिषेकको शव फेला परेको प्रहरीले जनाएको छ।

 

प्रहरीले बुढी राप्ती आसपासका बासिन्दालाई नदी किनारमा सावधानी अपनाउन अनुरोध गरेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर