LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

चितवनमा बुढी राप्तीमा गोहीको आक्रमणले एक युवकको मृत्यु

चितवन — चितवनको रत्ननगर–८ चित्रसारीस्थित बुढी राप्ती खोलामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एक युवाले ज्यान गुमाएका छन्।

स्थानीय २७ वर्षीय अभिषेक माझी मंगलबार राति करिब ९ बजे ४५ वर्षीय राजकुमार माझीसँग माछा मार्न गएका बेला गोहीले तानेर लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गोहीले तानेर लगेपछि खबर पाउनासाथ रत्ननगर र मैनाहाका सुरक्षाकर्मीले खोजी थालेका थिए। खोजीका क्रममा राति १ बजेर २० मिनेट जाँदा घटनास्थलबाट करिब २ सय मिटर उत्तर खोलाको किनारमा अभिषेकको शव फेला परेको प्रहरीले जनाएको छ।

 

प्रहरीले बुढी राप्ती आसपासका बासिन्दालाई नदी किनारमा सावधानी अपनाउन अनुरोध गरेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर