LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

धनुषा सीमामा सशस्त्र प्रहरी र तस्करबीच झडप, तीन प्रहरी घाइते

जनकपुरधाम असार २९ । धनुषा जिल्लाको नेपाल–भारत सीमास्थित दुहबी नाकामा बिहीबार साँझ सशस्त्र प्रहरी बल (एपीएफ) र तस्कर समूहबीच भिडन्त भएको छ।

दशगजामा तस्करी नियन्त्रणको प्रयासकै क्रममा तस्कर समूहले प्रहरीमाथि आक्रमण गर्दा प्रहरीले आत्मरक्षाका लागि १४ राउन्ड गोली प्रहार गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। तीमध्ये ९ राउन्ड अश्रुग्यास र ५ राउन्ड जिन्दागोली रहेका छन्।

भिडन्तमा एक जना असईसहित तीन जना प्रहरी घाइते भएका छन्। एकको खुट्टामा भालाले प्रहार भएको जनाइएको छ। घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामग्री जफत गर्ने क्रममा तस्कर समूहले आक्रमण थालेपछि स्थिति तनावपूर्ण बनेको हो। झडपपछि तस्कर समूहका सदस्यहरू भने फरार भएका छन्।

घटनापछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अझै कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर