LIVE NEWS
बाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षारसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रहमाटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धारशवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच तथा दर्ता भएका बालबालिकालाई झोला वितरण उद्घाटन कार्यक्रम सम्पन्न

 

महोत्तरी२०८१फागुन २ – महोत्तरीको सम्सि गाउँपालिका
पोकरभिन्डा वाडा नम्बर ५ स्थित रहेको श्री वलिराम माध्यमिक बिधालयको प्राङ्गणमा World vision International Nepal को साझेदार संस्था दलित समाज उत्थान समिति (DSWCN) नेपालको योजना अनुसार उद्घाटन समारोहमा उक्त वाडामा दर्ता गरिएका ८ सय ८८ जना बालबालिकाहरु मध्ये आज १ सय ५० जना बालबालिकाहरुलाई झोला वितरण गरिएको छ साथै वाकी रहेका बालबालिकाहरुलाई पुनः भोलि देखि वितरण गरिनेछ ।
SQCO देवि प्रसाद यादवले नेपाल सरकारद्वारा लागु गरिएको विद्यालय स्वास्थ्य तथा पोषण निर्देशिका २०७१ अनुसारको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई पनि विशेष महत्व दिइएको छ भन्दै कार्यक्रमको उदेश्य बारे प्रष्ट गरे।
कार्यक्रम गाउपलिका अध्यक्ष रामनाथ यादव तथा सम्बन्धित वाडाका फिल्ड परिचालक सुजित यादवले नेतृत्वले गर्नु भएको थियो भने वाड नम्बर ५ को वाडा अध्यक्ष कैलाश यादव बिधालयका प्रधानाध्यापक रबिन्द्र यादव,अन्य शिक्षक शिक्षिकाहरु, आधारभुत बिधालय का प्रधानाध्यापक नागेन्द्र ठाकुर, प्राथमिक स्वास्थ केन्द्रका प्रमुख सियाराम शरण यादव, स्थानियबासी लगायत सञ्चारकर्मीहरुको उपस्तिथि रहेको थियो। कार्यक्रमको बारेमा DSWN कर्मचारी माघवेन्द्र प्रसाद ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर