LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच तथा दर्ता भएका बालबालिकालाई झोला वितरण उद्घाटन कार्यक्रम सम्पन्न

 

महोत्तरी२०८१फागुन २ – महोत्तरीको सम्सि गाउँपालिका
पोकरभिन्डा वाडा नम्बर ५ स्थित रहेको श्री वलिराम माध्यमिक बिधालयको प्राङ्गणमा World vision International Nepal को साझेदार संस्था दलित समाज उत्थान समिति (DSWCN) नेपालको योजना अनुसार उद्घाटन समारोहमा उक्त वाडामा दर्ता गरिएका ८ सय ८८ जना बालबालिकाहरु मध्ये आज १ सय ५० जना बालबालिकाहरुलाई झोला वितरण गरिएको छ साथै वाकी रहेका बालबालिकाहरुलाई पुनः भोलि देखि वितरण गरिनेछ ।
SQCO देवि प्रसाद यादवले नेपाल सरकारद्वारा लागु गरिएको विद्यालय स्वास्थ्य तथा पोषण निर्देशिका २०७१ अनुसारको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई पनि विशेष महत्व दिइएको छ भन्दै कार्यक्रमको उदेश्य बारे प्रष्ट गरे।
कार्यक्रम गाउपलिका अध्यक्ष रामनाथ यादव तथा सम्बन्धित वाडाका फिल्ड परिचालक सुजित यादवले नेतृत्वले गर्नु भएको थियो भने वाड नम्बर ५ को वाडा अध्यक्ष कैलाश यादव बिधालयका प्रधानाध्यापक रबिन्द्र यादव,अन्य शिक्षक शिक्षिकाहरु, आधारभुत बिधालय का प्रधानाध्यापक नागेन्द्र ठाकुर, प्राथमिक स्वास्थ केन्द्रका प्रमुख सियाराम शरण यादव, स्थानियबासी लगायत सञ्चारकर्मीहरुको उपस्तिथि रहेको थियो। कार्यक्रमको बारेमा DSWN कर्मचारी माघवेन्द्र प्रसाद ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर