LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सिराहाको माधोपुरमा भीषण आगलागी, लाखौंको सम्पत्ति नष्ट

सिराहा,०१ फागुन । सिराहाको लहान नगरपालिका-२१ माधोपुरमा हिजो राति भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छ। स्थानीय कपले यादव र पवन यादवको घरमा अचानक लागेको आगोले सम्पूर्ण घर जलेर नष्ट हुनुका साथै भित्र रहेका भैंसी, मोटरसाइकल र अन्य सम्पत्ति खरानी बनेका छन्।

पीडित परिवारका अनुसार आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि आगलागीको कारण अझै खुलेको छैन। प्रहरी प्रशासनले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

स्थानीय बासिन्दाले पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर