LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

सिराहाको माधोपुरमा भीषण आगलागी, लाखौंको सम्पत्ति नष्ट

सिराहा,०१ फागुन । सिराहाको लहान नगरपालिका-२१ माधोपुरमा हिजो राति भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छ। स्थानीय कपले यादव र पवन यादवको घरमा अचानक लागेको आगोले सम्पूर्ण घर जलेर नष्ट हुनुका साथै भित्र रहेका भैंसी, मोटरसाइकल र अन्य सम्पत्ति खरानी बनेका छन्।

पीडित परिवारका अनुसार आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि आगलागीको कारण अझै खुलेको छैन। प्रहरी प्रशासनले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

स्थानीय बासिन्दाले पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर